जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार १५:४०

वैशाख २८ मा संसद् बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय 


काठमाडौं, वैशाख २२ । सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद् बैठक बोलाउने निर्णय गर्दै राष्ट्रपतिलाई औपचारिक सिफारिस पठाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सोही दिन दिउँसो २ बजे बस्ने तय गरिएको छ।

सरकारले पठाएका आठवटै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेपछि संसद् बैठक बोलाउने प्रक्रिया अघि बढाइएको हो।  यसअघि वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद् बैठक विशेष कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो।  बैठक स्थगित गरेर अध्यादेश जारी गरेपछि सरकारले बैठक बोलाउन सिफारिस गरेको हो ।