काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रथम बैठक सम्पन्न भएकाे छ। बैठक पार्टी केन्द्रीय कार्यालयमा उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा सम्पन्न भएको हो।
बैठकको प्रारम्भमा कांग्रेसका सभापति थापाले प्रतिष्ठानका प्रमुख शर्मालाई शपथ गराउनुभएको थियो। त्यसपछि उहाँले नवनियुक्त सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै प्रतिष्ठानको वैधानिकता, काम, कर्तव्य र अधिकारबारे स्पष्ट पार्नुभएको थियाे।
त्यसै गरी प्रतिष्ठानका प्रमुख शर्माले पनि नवनियुक्त सदस्यहरूलाई शपथ गराउनुभएको थियो। बैठकमा सातै प्रदेशमा आयोजना गरिने ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’ को मिति र स्थानबारे जानकारी गराइएको छ।
कार्यक्रम तालिका अनुसार सुदूरपश्चिम प्रदेशमा वैशाख २६ र २७ गते धनगढी, कैलालीमा, कर्णाली प्रदेशमा वैशाख २८ र २९ गते लेकवेसी, सुर्खेतमा तथा गण्डकी प्रदेशमा वैशाख ३१ र जेठ १ गते पोखरा, कास्कीमा भेला आयोजना गरिनेछ।
त्यस्तै वाग्मती प्रदेशमा जेठ ४ र ५ गते धुलिखेल, काभ्रेपलाञ्चोकमा, मधेस प्रदेशमा जेठ ६ र ७ गते बर्दिबास, महोत्तरीमा, कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा तथा लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा कार्यक्रम तय गरिएको छ।
यसैबिच, बैठकले प्रतिष्ठानको उपप्रमुख पदमा मधु आचार्यलाई चयन गरेको छ।













प्रतिक्रिया दिनुहोस्