जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार २१:०१

उपसभामुख अब हाम्रो पार्टीमा हुनुहुन्न : हर्क साम्पाङ 


काठमाडौं, वैशाख २५ । प्रधानन्यायाधीश नियुक्तिको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई साथ दिएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्क साम्पाङले उपसभामुखप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले उपसभामुख आफ्नो पार्टीबाट निर्वाचित भए पनि अब पार्टीको सदस्य नरहेको बताउनुभएकाे हाे । उहाँले लेख्नु भएकाे छ, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो, तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब, उहाँको निर्णयमा हाम्रो पार्टीको कुनै निर्देशन र ह्विप रहँदैन । त्यसैले मैले खेद प्रकट गरिसकेँ, उहाँ हाम्राे अंग हाेइन ।’

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रास्वपालाई समर्थन गरेको विषयलाई लिएर श्रम संस्कृति पार्टीभित्र असन्तुष्टि देखिएको हो । साम्पाङको अभिव्यक्तिलाई पार्टीभित्रको औपचारिक दूरीको सङ्केतका रूपमा समेत हेरिएको छ ।