काठमाडौं, बैशाख २६ । भारत–नेपाल–चीन सीमा विवाद सुल्झाउन जेनजी अभियन्ताहरुले अन्तरक्रिया गर्ने भएका छन् । राष्ट्रिय जेनजी नागरिक अभियानको आयोजनामा ‘सीमा समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम हुन लागेको हो ।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शनिवार मध्यान्ह १२ बजेदेखि अन्तरक्रिया शुरु हुनेछ । दिउँसो ३ बजेसम्म चल्ने अन्तरक्रियामा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र साध्यबहादुर भण्डारी सहभागी हुने अभियानले जनाएको छ ।
यस्तै, नापी विभागका पूर्वमहानिर्देक मधुसुदन अधिकारी, चलचित्र निर्माता नवल खड्का, अभियानका सहसंयोजक तथा जेनजी अभियन्ता अजय सोडारी पनि उपस्थित हुनेछन् । अन्तरक्रियामा त्रिपक्षीय सीमा समस्या र समाधानबारे छलफल हुने बताइएको छ । जेनजी अभियन्ता तथा राष्ट्रिय जेनजी नागरिक अभियानका सहसंयोजक अजय सोडारीका अनुसार कार्यक्रममा त्रीदेसीय सीमा समस्याको बारेमा आग्रहरहित ढंगलेछलफल हुनेछ ।













प्रतिक्रिया दिनुहोस्