जनता टाइम्स

२८ बैशाख २०८३, सोमबार १५:३१

बालेन सरकारलाई सर्वाेच्चले हान्यो कोर्रा : विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश


काठमाडौं, बैशाख २८ । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाई गर्दै सर्वाेच्चले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको हो ।