काठमाडौं, बैशाख २९ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डेले राजीनामा दिएको भन्दै स्वार्थी समुहले नियोजित रुपमा अफवाह फैलाएको तथ्य खुलेको छ ।
सो बैंकले नै सिइओ पाण्डेले राजीनामा दिएको भन्ने हल्लामा कुनै सत्यता नरहेको जनाएपछि यो तथ्य उजागर भएको हो । राजधानीबाट प्रशारण र प्रकाशन हुने केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पाण्डेले राजीनामा दिएको भन्दै सूचना फैलाइएको छ । सो समाचार र सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले सिइओ पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय रहेको प्रष्ट पारेको छ ।
बैंकद्वारा आज जारी प्रेस विज्ञप्तिमा यससम्बन्धी समाचारहरू भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ, ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर सक्रिय रहनुभएको जानकारी गराइन्छ ।’
जारी विज्ञप्तिमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ग्राहकवर्ग, शेयरधनी तथा आम सर्वसाधारणप्रतिको आफ्नो विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्