जनता टाइम्स

३० बैशाख २०८३, बुधबार ०७:१४

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री साहले आज जवाफ दिनुहुने


काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनुहुने कार्यसूची रहेको हो ।

यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

संसद् सचिवालयका अनुसार बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्ताव प्रस्तुत गरिनुका साथै त्यसमाथि छलफलसमेत हुनेछ ।