जनता टाइम्स

३१ बैशाख २०८३, बिहीबार २१:२१

घिमिरे हत्याका मुख्य आरोपीलाई प्रहरीले कीर्तिपुरमा गोली हानेर नियन्त्रणमा लियो


काठमाडौं,  वैशाख ३१ ।  काठमाडौंको कीर्तिपुरमा प्रहरीले गोली हानेर एक युवालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । शाही केही दिनअघि कीर्तिपुरमा विपिन घिमिरे हत्याका प्रमुख योजनाकार भएको प्रहरीले जनाएको छ । गुल्मीका घिमिरेलाई कीर्तिपुरमा हत्या गरिएको थियो ।