जनता टाइम्स

६ जेष्ठ २०८३, बुधबार ०८:४०

वरिष्ठता मिच्नु विगतदेखि नै गलत थियो, अबको भद्रगोलको जिम्मा बालेनकै हो : विजय सुब्बा


काठमाडौं, जेठ ६ । नेकपा एमालेका नेता विजय सुब्बाले विभिन्न क्षेत्रमा वरिष्ठता मिच्ने प्रवृत्ति विगतदेखि नै गलत रहेको टिप्पणी गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुब्बाले अदालतमा मात्रै नभई अन्य क्षेत्रमा पनि वरिष्ठताको परम्परा तोडिँदै आएको उल्लेख गर्नुभएको हो। उहाँले लेख्नुभएको छ, ‘अदालतमा मात्र हैन विगतमा होस् वा वर्तमानमा वरिष्ठता मिच्नु गलत थियो ।’

सुब्बाले पछिल्लो राजनीतिक तथा प्रशासनिक घटनाक्रमप्रति संकेत गर्दै अब उत्पन्न हुने ‘भद्रगोल’ को जिम्मेवारी  प्रधानमन्त्री बालेन्द्र साह बालेनले लिनु पर्ने उल्लेख गर्नु भएकाे छ। उहाँले स्ट्याटसमा ‘अब भद्रगोलको जिम्मा बालेनकै भएन त ?’ भन्दै टिप्पणी गर्नुभएको छ।

सुब्बाको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उहाँले कुन प्रसंगलाई लक्षित गरेर टिप्पणी गर्नुभएको हो भन्नेबारे स्पष्ट खुलाउनुभएको छैन।