काठमाडौं, जेठ ७। नेकपा एमालेका सांसद राजेन्द्र राईले बाँदरको समस्या समाधानका लागि सरकारलाई ७ दिनको अल्टिमेटम दिनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले अहिले जनताका लागि सबैभन्दा ठूलो समस्या बाँदर नियन्त्रण रहेको बताउनुभयाे ।
सदनमा बोल्दै उहाँले तत्काल बाँदरको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँका अनुसार कानुन संशोधन गरेर होस् वा अन्य कुनै माध्यमबाट भए पनि बाँदर नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता छ । ‘बाँदरको समस्या समाधान गर्नका लागि चाहिएको कानुन होस्, चाहे जुन माध्यमद्वारा होस् सरकारले नियन्त्रण गरेन भने अब ७ दिनपछाडि सबै सदस्यहरूले यस बारेमा कुरा उठाउनुहुन्छ, यो सदन चल्न गाह्रो हुन्छ,’ उहाँले भन्नुभयो ।
उहाँले सरकारले ७ दिनभित्र यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने पनि माग गर्नुभयो । बाँदर नियन्त्रणको विषयलाई गम्भीर रूपमा नलिए सदनमै थप कडा बहस हुने उहाँले चेतावनी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्