काठमाडौं, जेठ ८ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ । शुक्रवार भएको मतदानमा बैद्यले जित निकाल्नुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा ५६ मत ल्याएर बैद्यले जित्दा निकटतम प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत मात्रै प्राप्त गर्नुभएको छ ।
यसैगरी कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको छ । प्रधानले अम्बिका पौडेललाई हराउनु भएको हो । प्रधानले ६१ मत ल्याउँदा पौडेलले २५ मत मात्रै प्राप्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्