काठमाडौं, जेठ ११ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि संसदमा समेत सम्बोधन नगर्नुभएका प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसको अवसरमा आयोजना गरिने समारोहलाई समेत सम्बोधन नगर्ने निर्णय लिनुभएको हो ।प्रधानमन्त्री कार्यालयले सो बिषयमा राष्ट्रपति कार्यालयलाई जानकारी दिएपछि यस बिषयमा सूचना सार्वजनिक भएको हो ।
गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरुको सहभागिता रहन्छ । सो समारोहलाई हालसम्म प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका छन ।
तर प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने निर्णयमा पुग्नुभएको हो । प्रधानमन्त्री कार्यालय स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाइएको छ ।













प्रतिक्रिया दिनुहोस्