काठमाडौं, जेठ १२ । प्रतिनिधि सभा बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम सस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मंगलबारको बैठकमा अवरोध गरेका हुन् ।उनीहरूले प्रधानमन्त्री बालेन शाहले सदनलाई बेवास्ता गरेको आरोप लगाएका छन् । यस्तै सांसदहरूले प्रधानमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने अडान राखेका छन ।
प्रतिनिधि सभा नियमावली २०७९ मा रहेको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै उनीहरूले अवरोध गरेका हुन् । नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्