जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार ०६:५३

बालेन सरकारको उपहार : स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजी अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द


काठमाडौं, जेठ १४ । स्वास्थ्य बिमा बोर्डले वित्तीय सङ्कट बढ्दै गएको भन्दै निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका स्वास्थ्य बिमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।

बोर्डको मिति २०८३ जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा बाहेकका अन्य सबै स्वास्थ्य बिमा सेवा जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिने जनाएको छ ।

स्वास्थ्य बिमा बोर्डले जारी गरेको सूचनामा बोर्डको बढ्दो वित्तीय सङ्कटलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ । बोर्डले सम्बन्धित सबै सेवा प्रदायक निजी स्वास्थ्य संस्थालाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

सूचनामा निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले हस्ताक्षर गर्नुभएको छ । बालेन नेतृत्वको रास्वपा सरकार बने पछि नागरिकले राज्यबाट पाउँदै आएका सेवा कटौती हुँदै गएका छन् । सरकारले नागरिकलाई सोही क्रममा अर्को यो उपहार दिएको छ ।