जनता टाइम्स

१९ जेष्ठ २०८३, मंगलवार १६:२६

सदनमा मौन बिद्रोह : सभामुखले दिए समय तर बोलेनन कांग्रेसका ‘प्रधानमन्त्री’ भीष्मराज आङ्देम्बे


काठमाडौं, जेठ १९ । प्रतिनिधि सभा बैठकमा बिपक्षी दलका नेता भीष्मराज आङदम्वेले मौन बिद्रोह गर्नुभएको छ ।

सभामुख डिपी अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई बोल्न समय दिएपछि प्रधानमन्त्री बालेन्द्र साहले देशद्रोही अभिब्यक्ति दिएको बिरोधमा नबोलेर मौन बिद्रोह गर्नुभएको हो ।

मंगलबारको बैठकमा सभामुख अर्यालले आङ्देम्बेले बोल्नका लागि समय मागेको भन्दै बोल्न समय दिनुभयो । तर, प्रधानमन्त्री साहको अभिव्यक्तिका विरोधमा उभिएका आङ्देम्बे केही नबोलेर मौन बिद्रोहको संखघोष गर्नुभयो । उहाँ चुपचाप बसेर मौन बिद्रोह गरेपछि सभामुख अर्याल आसनमै हाँस्नुभएको थियो ।

सभामुखले समय दिँदा पनि नबोलेको भन्दै उहाँले कारबाही अघि बढाउने संकेतसमेत दिनुभएको छ । पछिल्लो समय सभामुख अर्याल जवजस्ती शक्ति प्रयाग गरेर पेलेरै सदन अघि बढाउँदै आउनु भएको छ ।