जनता टाइम्स

२४ जेष्ठ २०८३, आईतवार ०९:५९

समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक, को-को परे ? (सूचीसहित)


काठमाडौं, जेठ २४ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ५ सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ ।

समितिको शुक्रबारको निर्णयबाट ठूला ऋणीको नाम सार्वजनिक गरिएको हो । जसअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको छ ।

समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनलनका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका पाँच ऋणीको नाम सार्वजनिक गरेको छ । समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो ।

समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न निर्देशन दिएको छ ।