काठमाडौं, जेठ २६ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बदमासीको सजाय भोग्न सभामुख डिपी अर्याल बाध्य हुनुपरेको छ । जननिर्वाचित सर्वाेच्च निकायको शक्ति र अधिकार थाह पाएर पनि ‘चुपचाप बालने छाप’ बनेर प्रधानमन्त्रीका लागि अति सहज बन्दा प्रतिनिधि सभाको मंगलवारको बैठकमा सभामुख अर्यालले संसदीय इतिहासमै सारै नमिठो घटना बेहोर्नुपरेको छ ।
मंगलवार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलका सांसदहरूले प्रतिनिधि सभा बैठकमा ५ मिनेट मौनधारण गरेका छन । नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफ्नो धारणा राख्ने क्रममा ५ मिनेट कांग्रेस सांसदहरूलाई मौनधारण गर्न आह्वान गर्नुभएको थियो । त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरू समेत उठेर मौनधारण गरे । सो मौन धारण प्रधानमन्त्री बालेनको अभियक्तिको बिरुद्धमा थियो ।
प्रधानमन्त्री बालेनले ’नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्नुभएको थियो । प्रधानमन्त्रीको सो अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने अमर सहिदहरूको आत्मसम्मान गिरेको भन्दै निश्कलले मौनधारणको प्रस्ताव गर्नुभएको थयो ।
‘आज ती अम्मर सहिदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न आन्दोलन र क्रान्तिका सहिदहरू तथा सुशासन र जबाफदेहीताका लागि भएको जेनजी विद्रोहका सहिदहरूलाई हामी सम्झन चाहन्छौं, सम्मान प्रकट गर्दै कांग्रेसका सांसदहरू ५ मिनेट उभिएर मौनधारण गर्दछौं,’ राईको भनाई थियो ।

सभामुख अर्यालले सभामुखले सभा चलाउने भए पनि सांसदले आफैले समय तोकेर ’मौनधारण’ गरेका थिए । यसअघिको संसदमा तत्कालीन जनमत पार्टीका सांसद सिके राउतले मौनधारण गर्न आह्वान गर्नुभएको थियो । उहाँले त्यसबेला मधेस आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा मौनधारण गर्न आह्वान गर्दा केही सांसद उठेका थिए, केही उठेका थिएनन्। आज कांग्रेसको आह्वानमा मौनधारण गर्दा सत्तापक्ष रास्वपाका सांसदहरू भने आफ्नो स्थानबाट उठेनन । तर बिपक्षी सवै एकजुट बनेर मौनधारण गरे ।
संसद् सञ्चालनको मुख्य काम सभामुखको हो । संसद्को नेता भएकाले सदन पनि सभामुखकै नीतिअनुसार चल्छ । बैठक चलाउनुअघि सभामुखले सहजीकरणका लागि कार्यव्यवस्था परामर्श समितिको राय लिन्छन् । प्रतिनिधिसभामा के कस्ता विषय कसरी अगाडि लैजाने र प्रक्रियामा अगाडि बढाउने भनेर तय गर्ने अधिकार पनि सभामुखमै निहित छ । तर, मंगलवार अर्कै दृश्य देखिएको हो । जुन सभामुखले सोचेका पनि थिएनन ।













प्रतिक्रिया दिनुहोस्