काठमाडौं, जेठ २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले जनताको समस्याभन्दा अन्तै ध्यान दिँदा बजार भाउ ह्वात्तै बढेको छ । सुशासनको नारा दिएर जनतालाई छक्याउँदै ‘निर्देशन दिने, प्रतिशोध लिने र आफ्ना लागि बाहेक केही नगर्ने नीति‘ मा बालेन सरकार हिडेपछि बजार भाउ अघिल्लो बर्षभन्दा दोब्बर पुगेको छ ।
सरकारी तथ्यांकले नै पछिल्ला महिनाहरुमा उपभोक्ताले बजारमा खरिद गर्दा तिर्ने मूल्य वृद्धिदर बढ्न थालेको प्रष्ट तथ्यांक देखाएको छ । जसअनुसार गत वैशाखमा यस्तो मूल्य वृद्धिदर औसत ५.०४ प्रतिशत पुगेको छ । जवकी २०८२ वैशाखमा यस्तो मूल्य वृद्धिदर २.७७ प्रतिशत रहेको थियो ।
सरकारी तथ्यांकअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.६३ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको ५.२६ प्रतिशत रहेको छ । गत वर्षको सोही वैशाखमा यी समूहहरूको मूल्य वृद्धिदर क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को १० महिनाको औसत मूल्य वृद्धिदर २.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मूल्यवृद्धि ४.३९ प्रतिशत रहेको थियो ।
यस्तै, महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.६०, घ्यू तथा तेलको १३.९९, तरकारीको ५.४० र माछा तथा मासुको ४.१६ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६७ र मरमसलाको ०.६५ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १९.९०, यातायातको १५.३०, शिक्षाको ५.५४, मदिराजन्य पेय पदार्थको ४.७७ र कपडा तथा जुत्ताचप्पलको ४.७३ प्रतिशतले बढेको छ ।
गत वैशाखमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ४.३५ र सहरी क्षेत्रको ५.२९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । सरकारले अव पनि ध्यान नदिने हो भने मूल्इ बृद्धिद्धर झनै बढेर जाने बिश्लेषकहरुको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्