काठमाडौं, जेठ २७ । संसद बैठकमा श्रम संस्कृति पार्टीले नाराबाजी गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले बोल्न समय नदिएपछि रिसाएका श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराऊ गर्दै नारावाजी गरेका हुन ।
रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुख डोल प्रसाद अर्यालले श्रम संस्कृतिका सांसदलाई भने समय उपलब्ध गराउनु भएन । सभामुखको सो निर्णयको बिरोधमा श्रम संस्कृति पार्टीले नारावाजी गरेको हो । सभामुख अर्यालले भने सो पार्टीले बोल्न समय नै नमागेको बताउनु भएको छ ।
तर, श्रम संस्कतिका सांसदहरूले भने बोल्न पाउनुपर्ने भन्दै सभामुखको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । उनीहरूले बोल्ने अधिकार सुनिश्चित गर भन्दै प्रतिनिधिसभा नियामवाली हातमा लिएर नारा लगाएका हुन ।
त्यसअघि श्रम संस्कृतिका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई र सभामुखबीच यसै विषयलाई लिएर भनाभन भएको थियो ।













प्रतिक्रिया दिनुहोस्