जनता टाइम्स

५ असार २०८३, शुक्रबार १४:१५

मध्यराति पर्खाल नाघेर मन्त्रीकै निवासमा प्रहरी छिरेपछि


विराटनगर, असार ५ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको क्वाटरमा बिहीबार मध्यरातिमा प्रहरीले छापा मारेको छ । प्रदेश सरकार र बिपक्षीलाई तर्साउन यो घटना सरकारले योजनावद्ध रुपमा गराएको भएपनि अन्यत्रे मोडने प्रयाशमा लागेको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर–३, ल क्याम्पसनजिकै रहेको मन्त्री निवासमा राति ११ बजेतिर प्रहरी टोली पुगेको थियो । मन्त्री पराजुलीको सचिवालयका अनुसार राति पर्खाल नाघेर प्रहरीभित्र छिरेको थियो । ‘पर्खाल नाघेर प्रहरी निवासमा छिर्यो, कुनै सूचनाबिनै छापा मार्न आएका रहेछन,’ सचिवालयका एक अधिकारीले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार सादा पोसाक र ड्रेसमै प्रहरी पर्खाल नाघेर धमाधम छिरेका थिए । प्रहरी पुग्दा मन्त्री पराजुली भने निवासमा हुनुहुन्थेन ।

मोरङका प्रमुख जिल्ला अधिकार युवराज कटेल अनुसार, कर्तव्य ज्यान मुद्दाका एक पुराना फरार अभियुक्तको खोजी गर्ने क्रममा प्रहरी मन्त्रीको निवासमा अनधिकृत रुपमा पुगेको हो । तर, त्यहाँ पुगेको प्रहरीले मन्त्रीको क्वार्टर भन्ने जानकारी नपाएको जिकिर प्रजिअको छ ।

‘एकजना हत्याका अभियुक्त पहिले सोही घरमा कोठा भाडामा लिएर बस्ने सूचना थियो । लुकिछिपेको हुनसक्ने भन्दै प्रहरी टोली रेकी गर्न पुगेको थियो,’ प्रजिअ कटेलले भन्नुभयो, ‘अपरेसनमा खटिएको टोलीलाई उक्त घर मन्त्रीको निवास भएको बारे पूर्वजानकारी थिएन ।’ कटेलले प्रहरी मन्त्रीलक्षित कारबाहीको लागि त्यहाँ नपुगेको जानकारी दिनुभयो ।

प्रजिअ कटेलका अनुसार ती अभियुक्त केही समयअघि चितवनबाट भागेर आएको सूचना थियो । मन्त्रीको सचिवालयले भने मन्त्रीको निवास हो भन्ने जान्दा जान्दै प्रहरीले जबर्जस्ती आएको बताएको छ ।

पछिल्लो समय सरकार जताततै आतंक मच्चाएर मुलुकमा अधिनायकवादी शासन लादन खोजेको आरोप लागिरहेको बेला प्रदेशकै गृहमन्त्रीका निवासमा मध्यराती प्रहरीले छापा मारेको घटनाले थप ससंकित बनाएको छ । यो घटनाको जताततै निन्दा भएको छ ।

सो घटनालाई लिएर धनकुटाबाट निर्वाीचत सांसद राजेन्द्र राईले संसद बैठकमा कडा आपत्ति जनाउनु भएको छ । राईले यस्तो आततंककारी शैली बन्द्य गर्न सरकारलाइृ चेतावनीसमेत दिनुभएको छ ।