चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह शनिबार चितवन पुग्नुभएको छ।
उहाँ काठमाडौंबाट बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल अवतरण गर्नुभएको हो। विमानस्थलबाट बाहिरिने क्रममा उहाँले छोरीलाई बोकेर निस्कनुभएको थियो भने उहाँकी पत्नी सविना काफ्ले पनि साथमा रहनुभएको थियो।
भरतपुर विमानस्थलबाट उहाँ सिधै कालिका नगरपालिका–११ शक्तिखोरस्थित लटौली रिसोर्ट पुग्नुभएको छ।
जिल्ला सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री शाहले केही समय लटौली रिसोर्टमा विश्राम गरेपछि रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहस्थलतर्फ जाने कार्यक्रम रहेको छ।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा आयोजना गरिएको छ। महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। महाधिवेशनकाे आज दिउँसाे २ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्