जनता टाइम्स

९ असार २०८३, मंगलवार १६:००

रविबिरुद्ध उम्मेदवारी घोषणा गर्दा प्रतिनिधिको सूचीबाटै हटाइयो नाम


चितवन, असार ९ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा लोकतन्त्रको उत्कृष्ट नमुना देखिएको छ ।

महाधिवेशनमा सर्वसम्मत हुन लाग्नुभएका पार्टी सभापति रवि लामिछानेविरुद्ध उम्मेदवारी घोषणा गरेका एक प्रतिनिधिको नाम नै सूचीबाट हटाएर लोकतन्त्रको उत्कृष्ट नमुना पेश गरेको हो । जुन नमुना अन्तर्गत सभापतिको उम्मेदवारी घोषणालगत्तै प्रतिनिधिले मताधिकार नै गुमाउनु परेको छ ।

बारा क्षेत्र नम्बर–३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) ले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । सो घोषणापछि अन्तिम प्रतिनिधि सूचीबाट उहाँको नाम हटाइएको हो । बन्द सत्र सुरु हुनुअघि प्रकाशित अन्तिम नामावलीमा नाम काटिएको हो । रास्वपा महाधिवेशनको बन्द सत्र केहीबेर अघिबाट सुरु भएको छ । रविकै बिरुद्ध उम्मेद्वारी घोषणा गर्ने ? भन्दै कानूको नाक काटिएको हो ।

नाम काटिएपछि कानुले आफूलाई बदनीयतपूर्वक महाधिवेशन प्रतिनिधिको अधिकारबाट वञ्चित गरिएको भन्दै आक्रोश पोख्नुभएको छ । गुप्ताका अनुसार आइतबार राति करिब ८ बजे सार्वजनिक गरिएको नामावलीमा नाम समावेश थियो । तर, त्यसपछि प्रकाशित अन्तिम नामावलीमा नाम हटाइयो ।

बारा क्षेत्र नम्बर–३ का सभापति भोला साह कानु (अभिषेक गुप्ता) ले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । सो घोषणापछि अन्तिम प्रतिनिधि सूचीबाट उहाँको नाम हटाइएको हो । बन्द सत्र सुरु हुनुअघि प्रकाशित अन्तिम नामावलीमा नाम काटिएको हो 

कानुले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । त्यही कारणले नै आफ्नो नाम प्रतिनिधि सूचीबाट हटाइएको उहाँको भनाई छ ।

कानुले उम्मेदवारी घोषणा गर्दै हालेको पोष्टरमा एक ब्यक्तिको सदस्यता फुकुवा गराउने उल्ल्ेख गर्नुभएको थियो । उहाँको पोष्टरमा लेखिएको छ, ‘एकमात्र एजेन्डा– चन्दन स्वर्णकारको साधारण सदस्यता फुकुवा गराउनका लागि मेरो उम्मेदवारी केन्द्रीय सभापति पदमा रवि लामिछानेको विरूद्धमा ।’

सोही बिचारका कारण प्रतिनिधि हटाएर पार्टीबाटै निकाल्ने योजना बनाइएको हो । गत जेठ ६ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निष्कासन गरेको थियो ।