यस घटनालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले असार ७ गते नै आफू निकट नेतासँग खोल्नुभएको थियो । स्रोतका अनसार दाहालले ‘यस्तो बेइमानी र धोकेवाज पनि नेता हुन्छ ? भन्दै गगनले आफूलाई रोकेको तर आफू गएर भाषण ठोकेको प्रसंग सुनाउनु भएको हो
गणेश बस्नेत
नेपाली कांग्रेसका सभापति गगन थापाले बिपक्षी सहयात्री दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेतृत्वलाई हाकाहाकी धोका दिएको तथ्य खुलेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा तीन प्रमुख नेताबीच भएको सहमतिमा धोका दिएर सहभागी भएको तथ्य उजागर भएको हो ।
यस घटनालाई नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले असार ७ गते नै आफू निकट नेतासँग खोल्नुभएको थियो । स्रोतका अनसार दाहालले ‘यस्तो बेइमानी र धोकेवाज पनि नेता हुन्छ ? भन्दै गगनले आफूलाई रोकेको तर आफू गएर भाषण ठोकेको प्रसंग सुनाउनु भएको हो ।
स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार कांग्रेस सभापति गगन थापाकै कारण पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ दल रास्वपाको महाधिवेशनको उदघाटन शत्रमा सहभागी हुनुभएन । महाधिवेशनमा आफै सहभागी भएर शुभकामना दिने भन्दै भन्दै चितवन जाने तयारीमा रहनुभएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड गगनको फोनवार्तापछि आफू नजाने निर्णयमा पुग्नुभयो ।
कांग्रेस सभापति थापाले ‘हामी तीनववटै दलका प्रमुख नेता सहभागी हुनुहुन्न, जानै हुन्न’ भन्ने अडानका कारण प्रचण्डले निर्णय बदल्नुभयो । र थापालाई नै आफ्नो तर्फबाट बर्षमान पुन सहभागी हुने जानकारी दिनुभयो । कांग्रेस सभापति थापाले बालेन सरकारको ब्यवहार, रवि लामिछाने सत्तारुढ बनेपछि आएको परिवर्तन र रास्वपा कार्यकर्ताको अमानवीय ब्यवहारलाई जवाफ दिन र सरकारप्रति बिपक्षी दलको सम्बन्ध छैन भनेर अन्तराष्ट्रिय जगतलाई देखाउनका लागि प्रमुख नेता जान नहुने प्रचण्डलाई सुझाउनु भएको थियो । सभापति थापाले कांग्रेसबाट उपसभापति पुष्पा भुसाल पठाउने निर्णय भइसकेको जानकारी पनि संयोजक प्रचण्डलाई गराउनु भएको थियो । थापाको जालमा फसेर तत्कालै प्रचण्डले पुनलाई पठाउने निर्णय लिनुभयो ।
स्रोतका अनुसार कांग्रेस सभापति थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि रास्वपा महाधिवेशनमा प्रमुख नेताहरू जानै नहुनेमा सहमति भइसकेको भन्दै भुसाल पठाउने जानकारीसहित टेलिफोन बार्ता गर्नुभयो । स्वास्थ्यका कारण ओली रास्वपाको महाधिवेशनमा जानसक्ने अवस्था थिएन । सोही कारण उहाँले थापालाई आफू स्वास्थ्यको कारण चितवन जाने अवस्थामा नरहेको जानकारी गराउनु भएको थियो । ओलीसँग पनि थापाले आफूहरू नजाने भन्दै प्रतिनिधि पठाउने कुरामा सहमति जनाउनु भयो ।
थापा बोलिरहँदा नै प्रचण्डले यस्तो आक्रोश पोख्नुभएको थियो । प्रतिपक्षी तीन दलबीच सम्बन्ध सुधारमा रहेको बेला थापाले यसरी हाकाहाकी धोका दिएपछि प्रचण्डले ‘देउवाले कसरी झेलेका होलान यस्तो ….लाई ?’ भन्दै त्यसबेला रहेको पार्टीका नेताहरुसँग निकै तितो टिप्पणीसमेत गर्नुभएको स्रोतले बताएको छ

सोही आधारमा एमाले अध्यक्ष अोलीले आफू जान नसक्ने भएपछि बरिष्ठ र सालिन एवं तार्किक नेता प्रदीप ज्ञवालीलाई पठाउने निर्णय लिनुभयो । स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार यस बिषयमा ओली र प्रचण्डबीच पनि कुराकानी भयो । सरकारको अधिनायकवादी शैली र पुराना दलबिरुद्ध चालिएको योजनावद्ध आक्रमणको जवाफका रुपमा तीन वटै दलका प्रमुख नेता नजाने कुरा सही नै हुने निश्कर्ष दुवै नेताले टेलिफोन सम्वादकै क्रममा निकाल्नुभयो ।
रास्वपाको महाधिवेशनमा गगन थापा आफै पुगेको देखेपछि भने दुवै नेता चकित परेको स्रोतले बताएको छ । ‘गगन त महाको फटा पो रैछन, मलाई जान रोके, आफूचाँहि भाषण पो ठोकिरहेका छन त ?’ भन्दै प्रचण्डले निकै आक्रोश पोख्नुभएको उहाँ निकट स्रोतले जनताटाइम्स डटकमलाई बतायो । गगनले तीनै दलको अध्यक्ष जानै हुन्न भन्दै अड्डी कसेर दुई जना रोकेपछि आफू गएर भाषण ठोकेपछिको आक्रोश थियो प्रचण्डको ।
थापा बोलिरहँदा नै प्रचण्डले यस्तो आक्रोश पोख्नुभएको थियो । प्रतिपक्षी तीन दलबीच सम्बन्ध सुधारमा रहेको बेला थापाले यसरी हाकाहाकी धोका दिएपछि प्रचण्डले ‘देउवाले कसरी झेलेका होलान यस्तो ….लाई ?’ भन्दै त्यसबेला रहेको पार्टीका नेताहरुसँग निकै तितो टिप्पणीसमेत गर्नुभएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार चितवनमै नेकपाका सांसदसमेत रहनुभएका पुन र एमालेका ज्ञवालीले तपाई त नआउने कुरा पो सुनेको थियो त भन्दै उडाउनु भएको थियो । रास्वपाले मञ्चको ब्यवस्थापनसमेत गगनका लागि प्रधानमन्त्री बालेन शाहसँग जोडेर दुई दललाई अर्काे साइडतिर ब्यवस्थापन गरेको थियो । जेनजी आन्दोलनका सहयात्री रहेका बालेन र थापाबीचको सीट ब्यवस्थापन योजनावद्ध रुपमै गराइएको र महाधिवेशनमा गगनले बोल्दा चुपचाप, अरु दलका नेता बोल्दा होहल्ला गराइएको थियो ।













प्रतिक्रिया दिनुहोस्