काठमाडौं, असार १२ । रास्वपाकाे चुनाव नसकिँदा प्रतिनिधिसभा बैठक फेरि स्थगित भएकाे छ । प्रतिनिधिसभाको आज बस्ने तय गरिएको बैठक पनि स्थगित भएको हाे।
संसद् सचिवालयका अनुसार सभामुख डीपी अर्यालले विशेष कारण जनाउँदै आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरी भालि बिहान ११ बजे बस्ने गरी नयाँ समय निर्धारण गर्नुभएको हो।
यसअघि पनि बिहीबारका लागि तय गरिएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो। लगातार दोस्रो पटक बैठक स्थगित भएपछि संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।
बैठक स्थगित हुनुको मुख्य कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र मन्त्रीहरू पार्टीको महाधिवेशनमा सहभागी हुन चितवनमा रहेकाले हाे ।













प्रतिक्रिया दिनुहोस्