रौतहट, असार १३ । मधेश प्रदेशमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको पुत्ला दशन भएको छ । जनअधिकार पार्टीका नेता तथा कार्यकर्ताले रौतहटको गौरमा अर्थमन्त्री वाग्लेको पुत्ला दहन गरेका हुन ।
फोरमका नेता सञ्जय यादवको नेतृत्वमा वाग्लेको पुतला दहन गर्दै सहभागीहरुले संघीयताको मर्म विपरित अभिव्यक्ति दिएकोमा आक्रोश पोखेका छन । उनीहरुले संघीयता कसैको निगाहमा प्राप्त नभएको र निगाहमा जान नसक्ने भन्दै कडा आक्रोश पनि पोखेका छन ।

विरोध प्रदर्शनमा ‘मधेसी एकता जिन्दावाद’ लगायत नारा लगाइएको थियो । प्रदर्शनकारीहरूले संघीय व्यवस्था कमजोर पार्ने अभिव्यक्ति र गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्। रास्वपाको महाधिवेशनमा वाग्लेले प्रदेश खारेज गर्नेसहितको शासकीय स्वरुप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सोही बिरोधमा उहाँको पुत्ला दशन गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्