काठमाडौं, असार १४ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अव बामपन्थी एकता अनिवार्य भइसकेको घोषणा गर्नुभएको छ । मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले देश र जनताका लागि एकतावद्ध हुनैपर्ने बताउनु भयो ।
‘सहकार्य र कार्यगत एकता त ढिला नै नगरौं । अहिले सके अहिले नै गरौं, भरे सके भरे नै गरौं । भोलि हुन्छ भने भोलि नै गरौं । मिल्न जति ढिला गर्यो त्यत्ति नै भयानक दुर्घटना हुनेवाला छ,’ प्रचण्डले भन्नुभयो ।
उहाँले बाम एकता हुनुहुन्न भन्ने सोच पनि देशका लागि घातक हुने पनि बताउनु भयो । ‘आत्मसमिक्षा गर्नुपर्छ तर राष्ट्रका अगाडि आएको संकट र चुनौतीको सामना गर्न बिगतको कार्यशैली देखाएर भाग्ने काम गर्नुहुन्न,’ प्रचण्डले भन्नुभयो ।
भदौं २४ यता प्रतिगामी काम बढदै गएको र राष्ट्रिय स्वाधिनतामाथि खतरा भइरहेको भन्दै प्रचण्डले अव उपलब्धी जोगाउन एकतावद्ध हुनुपर्ने बताउनु भयो । कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउने भन्नेमा सवैको प्रहार र योजना केन्द्रित रहेकोले नेपालका कम्इुनिष्ट पार्टीहरु मिलेर प्रतिवाद गर्नुपर्ने उहाँको भनाई छ । ‘दुनियाभरको प्रतिक्रियावादी नेपालमा कम्युनिष्टहरु सिध्याउन लागेका छन ।

– नेपाली समाजवाद नयाँ चरणमा प्रवेश गर्यो भन्ने कुरा हामीले संस्थागत गरिसकेका छौं ।
– मदन जिवित रहेको भए उहाँले कसरी सोच्नुहुन्थ्यो होला ? हामीले यतापट्टीबाट पनि सोच्नुपर्ने हुन्छ होला ।
– मेरो बिश्वास मदन जस्तो अत्यन्त गतिशील, अत्यन्त सिर्जनशील नेता भएको नाताले अहिले जिवित भएको भए अहिलेको समय सापेक्ष बिकसित गर्नुहुन्थ्यो भन्ने मलाई लाग्छ ।
– हामी कम्युनिष्टहरू जडतामा, यान्त्रिकतामा फस्ने गरेका छौं । त्यो कुरा अव हुनुहुन्न ।
– सवैकुरा सर्वकालिक हुँदैन । २०७५ सालमा मदनकै अवसान भएको दिन हामीले पार्टी एकता गरेका थियौं । अहिले त्यस्को बिरोध गरेर केही अर्थ छैन । त्यो त्यसबेलाको दुई पार्टीको सही निर्णय थियो । टिकाउन नसक्नु कमजोरी हो । हिजो जे भन्यौं त्यही नै सत्य हो भनेर मार्क्सवादी जानुहुन्न । हिजो सही भएका कतिपय कुरा पनि परिवर्तन गर्न जरुरी भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्