काठमाडौं, असार १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन र देशबिरोधी गतिबिधि रोक्न सवै बामपन्थी तथा लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उदघोष गर्नुभएको छ ।
जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष अोलीले यस्तो अपिल गर्नुभएको हो । मुलुकमा यतिबेला चरम प्रतिगामी काम र देशबिरोधी काम भइरहेको भन्दै ओलीले त्यस्लाई रोक्न बिगतमा कस्ले के कमीकमजोरी गर्यो भनेर अल्मलिन नहुने बताउनु भयो ।
ओलीका भनाई हाइलाइटमा
–छोटो समयमै मदनले असाधरण काम गर्नुभयो । बिश्व इतिहासमा सिकन्दर जस्ता मान्छेहरुको जीवन धेरै लामो थिएन । मदन पनि त्यस्तै हुनुहुन्थ्थ्यो । जननेता मदन भण्डारीले छोटो समयमै समाज परिवर्तनको अतुलणीय काम गर्नुभयो । आफ्नो बहुआयामिक पाटो प्रकट गर्नुभयो ।
– मदनको बैचारिक क्षमता, नेतृत्व क्षमता अदभूत थियो मदन भण्डारीको ।
‘ जनताको बहुदलीय जनवाद प्रतिपादन गरेर नेपाली समाजमा असाधारण योगदान पुर्याउनु भयो । कम्युनिष्ट आन्दोलनमाथिको असाधारण आक्रमणको दह्रो जवाफ दिनुभयो जनताको बहुदलीय जनवादी सिद्धान्त प्रतिपादन गरेर ।
– समयानुकुल ढंगले चल्न जान्नुपर्छ। नेतृत्व बिज्ञान भनेको यही हो । बिगगतको कमीकमजोरीमा भत्र्सना गरेर अगाडिको बाटो बन्द गर्न हुन्न । कम्युनिष्टहरुले त्यो गल्ती गर्न हुन्न । समयको मागअनुसार चल्नुपर्छ । प्रतिक्रियावादीको षडयन्त्रलाई परास्त गर्ने योजना बनाउनु पर्छ ।
प्रतिगमनलाई रोक्नका निम्ति सवै बामपन्थी शक्तिहरु, सवै लोकतान्त्रिक शक्तिहरु मिलेर अघि बढनुपर्छ । सोकल्ड दुईतिहाई भनेको भरमा देशबिरोधी गतिबिधि रोक्नुपर्छ । हुन दिनुहुन्न । त्यो रोक्न सवै मिल्नुपर्छ ।
– अघि एक जना साथी (प्रचण्ड) ले भन्नुभयो–मदन भण्डारीको सोच्ने तरिकाले सोच्ने, मदन भण्डारीले त्यसलाई ब्यवहारमा लगाउने कुरा गर्ने कुरा ठीक हो । हाम्रो मार्गदर्शन भनेको जनताको बहुदलीय जनवाद नै हो । मदनकै सोच्ने तरिकाले सोच्नुपर्छ । त्यसैअनुसार अगाडि बढने हो ।
– मदनको सपना पूरा गर्ने भनेको उहाँले गर्न चाहेको काम गर्ने हो । उहाँको सोच्ने तरिका सिक्ने हो । त्यसैअनुसार ब्यवहारमा लागू गर्ने नै हो । त्यो काम गर्नुपर्छ ।
– मुख्यकुरा दृष्टिकोण नै हो । मदनको दृष्टिकोणअनुसार सोच्नुपर्छ ।
अहिले बामपन्थी आन्दोलनलाई मुख्यरुपमा टार्गेट गरेर, लोकतन्त्रलाई टार्गेट गरेर प्रतिगामी गतिबिधि अघि बढाइएको छ । प्रतिगामी षडयन्त्र भदौ २३–२४ मा भयो । अहिले त्यसैअनुसार गतिबिधि अडागि बढाइएको छ ।
– आरोपको बर्षा लगाएर हामीलाई सकाउने योजनावद्ध काम भइरहेको छ । देश बर्वाब बनाउन थालिएको छ । हामीले गरेको बिकाशमा अवरोध ल्याइएको छ । देशद्रोही काम भइरहेको छ ।
– झुटा प्रचार गरेर, अफवाह फैलाएर हामीलाई बदनाम गर्ने, चरित्र हत्या गर्ने र बिस्थापन गर्ने योजनावद्ध काम भइरहेको छ । यो प्रतिगामी षडन्त्रलाई हामीले मिलेर परास्त गर्नुपर्छ । यही नै आजको मुख्य काम हो ।

– भदौ २४ को प्रतिगमनलाई सदर गर्न र बैधता दिनका लागि फागुन २१ को चुनाव गरिएको हो । त्यो चुनावबमार्फत लोकतान्त्रिक शक्तिलाई समाप्त पार्ने गरी पहिले नै परिणाम घोषणा गरेर निर्वाचन गरियो ।
– फागुन २१ को निर्वाचन लोकतन्त्रका लागि होइन, प्रतिगमनलाई बैधता दिन गरिएको थियो । एमालेले सवैलाई भन्यो तर हामीले कन्भिन्स गर्न सकेनौं । चुनाव भयो, एमाले मात्र होइन, सवैमाथि बज्रपात भयो ।
– प्रतिगमनको सिलसिला अहिले पनि जारी छ, यो देशबिरोधी छ । हामीले छिमेकी भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौं भनेका छन । यो देशद्रोही कुरा भयो । लिपुलेक, कालापानी नेपालको हो भनेर चितवनमा भनेपछि हामीले थुप्रै ठाउँमा भारतको सिमाना मिचेको छ भनेको कुरा खण्डन भयो भन्न थालेका छन । कसरी भयो खण्डन । लिपुलेक कालापानी हाम्रो हो । सिमा मिचेका छौं थुप्रै ठाउँमा भनेको कुरा कहाँ खण्डन भयो ? एकथरी देशद्रोही बिद्धानहरु त्यत्तिकै त्यत्रै कुदेका छन ।
– यो सरकार बनेको पनि संबिधान बिपरित, चलेको पनि संबिधान बिपरित छ । यसलाई रोक्नुपर्छ ।
– प्रतिगमनलाई रोक्नका निम्ति सवै बामपन्थी शक्तिहरु, सवै लोकतान्त्रिक शक्तिहरु मिलेर अघि बढनुपर्छ । सोकल्ड दुईतिहाई भनेको भरमा देशबिरोधी गतिबिधि रोक्नुपर्छ । हुन दिनुहुन्न । त्यो रोक्न सवै मिल्नुपर्छ ।













प्रतिक्रिया दिनुहोस्