जनता टाइम्स

१४ असार २०८३, आईतवार २१:०७

बामपन्थी एकताबिरुद्ध मैदानमा उत्रिए शंकर, आफ्नै अध्यक्षदेखि प्रचण्डसम्मलाई काउन्टर


काठमाडौं, असार १४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि प्रचण्डसम्मलाई काउन्टर दिनुभएको छ । आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीदेखि नेकपाकालिन नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको बिचारलाई पोखरेलले काउन्टर दिनुभएको हो ।

जननेता मदन भण्डारीको ७५औ. जन्मजयन्तीको अवसरमा मदन भण्डार िफाउण्डेशनले आज आयोजना गरेको कार्यक्रममा चार शीर्ष नेताले आफ्नो धारणा राखेलगत्तै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सिधा काउन्टर गर्नुभएको हो । मार्क्सको भनाई उधृत गर्दै पोखरेलले बिगतका घटनालाई पुनराबृत्ति गर्नु उचित हुँदैन भन्दै काउन्टर गर्नुभएको छ ।

पछिल्लो समय अध्यक्ष केपी ओलीबिरुद्ध देशभर कार्यकर्ता परिचालनको नेतृत्व गर्नुभएका पोखरेलले गत साता पनि अध्यक्ष ओलीबिरुद्ध ब्यंग्यात्मक आक्रमण गर्नुभएको थियो । आज भने सिधै काउन्टर दिनुभएको छ ।

‘इतिहासमा उस्तै घटनाहरू पहिलो पटक नाटकका रूपमा र दोस्रो पटक प्रहसनका रूपमा घटित हुन्छन्। मार्क्सको यो भनाइले स्पष्ट पार्छ— समय र परिस्थिति बदलिसकेपछि विगतका घटना, नारा वा प्रवृत्तिलाई हुबहु दोहोर्‍याउनु (पुनरावृत्ति गर्नु) उचित हुँदैन,’ पोखरेलले भन्नुभएको छ । महासचिव पोखरेलको यो भनाई बाम एकता गर्न हुन्न भन्ने पक्षमा स्पष्ट सन्देश दिएको छ ।