काठमाडौं, असार १६ । आज मंगलबार देशका कम्तीमा १० जिल्लामा बाढीको जोखिम देखिएको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बाढी महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी-पश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। महाशाखाले सतर्क रहन भन्दै सचे समेत गराएको छ ।














प्रतिक्रिया दिनुहोस्