जनता टाइम्स

१६ असार २०८३, मंगलवार १५:०४

सरकार र पदाधिकारीलाई सवै कुरा आफैलाई चाँहिदा एन्फा निलम्बनमा पर्यो : केपी ओली


काठमाडौं, असार १६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्नै कारणले फिफाको निलम्बनमा परेको भन्दै कडा असन्तुष्टि जनाउनु भएको छ । नेपाल खेलकुद महासंघको आज सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

बिश्वकप चलिरहेको बेला एन्फा निलम्बनमा पर्यो । कस्को कारणले निलम्बनमा पर्यो भन्दा आफ्नै कारणले भयो । सवै कुरा आफैमा सिमति गर्दा र आफैलाई चाँहिदा एन्फा निलम्बनमा पर्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले देशको बेइज्जत हुने गरी सरकार र एन्फाले बदमासी गरेको भन्दै यस्ता काम नगर्न र हस्तक्षेप नगर्न आग्रह गर्नुभयो । सरकारले हस्तक्षेप गरेकै कारण एन्फा अन्तराष्ट्रिय स्तरमा निलम्बनमा परेको उहाँको भनाई छ ।