काठमाडौं, असार १७ । बिना अनुमति नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडानको बिषयमा बालेन सरकारले तीन सातापछि मुख खोलेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले बुधवार संसदीय समितिमा सरकारको तर्फबाट सो घटनाबारे औपचारिक जानकारी दिनुभएको हो । मन्त्री खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको बताउनु भयो । गत जेठ २७ गते दार्चुलाको आकाशमा भारतीय सैनिक हेलिकोप्टर उडेको थियो ।
बुधबार संघीय संसद राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जबाफ दिने क्रममा परराष्ट्रमन्त्री खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गरेको भन्ने जानकारी प्राप्त भएको बताउनु भयो ।
सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवम् गलत मनशालयले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवम् मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बद्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय एवम् सम्पर्क भइरहेको छ

‘सम्बन्धित निकायबाट हामीलाई प्राप्त जानकारी अनुसार भारतीय हेलिकप्टर नियोजित एवम् गलत मनशालयले नेपाली भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति एवम् मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बद्ध अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक समन्वय एवम् सम्पर्क भइरहेको छ,’ मन्त्री खनालले भन्नुभयो ।
परराष्ट्र मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको दावी प्नि गर्नुभयो । आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको उहाँको दाबी थियो ।
‘गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो । परिणामस्वरुप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको कुरा जानकारी गराउन चाहन्छु । केही दिन अगाडि भारतले आफनो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ,’ खनालले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्