जनता टाइम्स

१७ असार २०८३, बुधबार २०:१२

उच्च अदालतले उल्ट्यायो जिल्लाको फैसला, एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद


जनकपुरधाम । उच्च अदालतले असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्वसास्सद लक्ष्मी महतो (कोइरी) लाई दोषी ठहर गरेको छ ।

कोइरीलाई उच्च अदालत जनकपुरले दोषी ठहर गरी ५ वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते सुनाएको फैसालामा हेरफेर गर्दै आदेश सुनाएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । जिल्ला अदालतको आदेशविरुद्ध तत्कालीन लोसपाका मधेश प्रदेश सांसद अभिराम शर्मापक्ष लगायतले उच्च अदालतमा दायर गरेको पुनरावेदन उपर अदालते सजाय सुनाएको हो ।