जनता टाइम्स

१८ असार २०८३, बिहीबार १५:०८

विष्णु पौडेलको तेस्रो पटक म्याद थपियो, अव ६ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं, असार १८ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिनको म्याद थप भएको छ ।

विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न भन्दै ६ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।

एमाले उपाध्यक्ष पौडेललाई पुल्चोक प्हरी प्रभागमा हिरासतमा राखिएको छ । बिभागले प्रधानमन्त्री कार्यालयको आदेशमा पौडेललाई पक्राउ गरेपछि अहिलेसम्म म्याद थप्नेबाहेक थप कुनै प्रमाण जुटाउन सकेको छैन ।

प्रधानमन्त्री बालेन शाहलाई चुनाव अघि ८ करोडको गाडी उपलब्ध गराउने मालपानी संलग्न कम्पनीका सञ्चालकले पौडेलबिरुद्ध उजुरी गरेको भन्दै पक्राउ गरी म्याद थप्दै थुन्ने नीति अघि बढाएको छ । सरकारको यो कामलाई बिपक्षी दलले चरम प्रतिशोधपूर्ण भनेको छ ।