काठमाडौं, असार १८। सरकारले नेपाल प्रहरीको आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) र उपत्यका प्रहरी प्रमुखसहित आठ एआइजीको सरुवा गरेको हो ।
गृह मन्त्रालयको प्रस्तावमा भएको सरुवामा सीआईबी प्रमुख डाक्टर मनोज केसी फेरिनुभएको छ । सिआइवीमा प्रहरी प्रधान कार्यालय कार्य विभागका एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ । यस्तै सीआईबीका प्रमुख केसीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको प्रमुखमा सरुवा गरिएको छ ।
यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी सुशील सिंह राठौरलाई पठाइएको छ । रानिपोखरीका एआईजी ईश्वर कार्कीको मानव स्रोत विभागमा सरुवा भएको छ । यस्तै मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठन (प्रहरी एकेडेमी)मा सरुवा गरिएको छ भने एकेडेमीका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ ।
यसैगरी प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा सरुवा भएको छ । प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको छ ।













प्रतिक्रिया दिनुहोस्