काठमाडौं, असार १९ । प्रधानमन्त्री तथा बिश्वबिद्यालयका कुलपति बालेन शाहले ७ वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले शुक्रवार त्रिबिसहित ७ वटा बिश्वबिद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. भोला थापा नियुक्त हुनुभएको छ । थापा यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी सम्हालिसक्नु भएको छ । पुराना दलले उपकुलपति बनाइसकेका थापालाई नै नयाँ र जान्नेलाई छान्ने सरकारका प्रधानमन्त्रीले पनि आफ्नो रोजाईमा पार्नुभएको हो ।
प्रधानमन्त्री शाहले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालय उपकुलपतिमा प्रा. देवेन्द्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालय उपकुलपतिमा प्रा. राजन सुवाल, सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिमा प्रा. किसनदत्त भट्ट नियुक्त गर्नुभएको छ ।
सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएअनुसार राजर्षी जनक विश्वविद्यालय उपकुलपतिमा प्रा. श्यामनारायण लाभ र कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा प्रा. ऋषिराम कट्टेल नियुक्त हुनुभएको छ।
बिश्वबिद्यालयमा नियुक्त उपकुलपतिमध्ये थापाको दलगत आवद्धता अति गोप्य रहेपनि अन्य उपकुलपति गत निर्वाचनमा रास्वपा जिताउने अभियानमा सघाउनु भएको थियो । निर्वाचनमा घन्टीमा मतदात गर्न उत्प्रेरित गरेकालाई नै प्रधानमन्त्री बालेनले प्राथमिकता दिनुभएको हो ।













प्रतिक्रिया दिनुहोस्