काठमाडौं, असार १९ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको संबैधानिक परिषदले सर्वाेच्च अदालतका बहालवाला रजिष्टार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।
शुक्रवार बसेको परिषदको बैठकले मोरङ स्थायी घर भएका सर्वाेच्चका दोस्रो नम्बरका रजिष्टार कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको हो । बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा पूर्वडिआइजी राजीव सुब्बा र असार २३ देखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
पूर्वडिआइजी सुब्बा नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ हुनुहुन्थ्यो । प्रहरी सेवाबाट अवकाश पाएपछि सुब्बा मदन भण्डारी विश्वविद्यालयमा आबद्ध हुनुभएको थियो । यसैगरी आयुक्तमा सिफारिश वाग्ले यसअघि निर्वाचन आयोगमा उपन्यायाधीवक्ताको रुपमा का गरी सोही पदबाट अवकाश पाउनुभएको थियो । नियुक्ति पाउने तिनै जना सरकारी कर्मचारी हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्