जनता टाइम्स

२० असार २०८३, शनिबार १५:००

केपी ओलीको अठोट : धक्का र बाधा-व्यवधानहरू छिचोल्दै लक्ष्यमा पुगेरै छाडिन्छ


काठमाडौं, असार २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीविरुद्ध कुप्रचार भइरहेको भन्दै जनतामा सत्य स्थापित गर्ने कामममा एकजुट बन्न आग्रह गर्नुभएको छ ।

पार्टीले अघि बढाएको जागरण अभियानको बागमतीबाट सुभारम्भ गर्दै अध्यक्ष ओलीले पार्टीबिरुद्धको कूप्रचारलाई सत्य स्थापित गरेर जवाफ दिनुपर्ने बताउनु भयो । बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले आफूहरूको आक्रमणविरुद्ध धक्काहरू सहँदै उद्देश्यतर्फ अगाडि बढिरहेको बताउनु भयो ।

‘हामीले समय–समयमा ठुला धक्काहरू बेहोरेका छौँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सधैं सफलता मात्रै हात लाग्दैनन, हामीले पनि असफलताहरू भोग्नुपरेको छ । एउटा नदी अगाडि बढ्न पर्यो भने त्यसले कहिले यताको भित्तामा ठोकिँदै, कहिले उताको कुममा ठोकिँदै अगाडि बढ्नुपर्छ । सधैँ सोझो गतिमा, सोझो बाटोमा बिना व्यवधान एउटा नदीले पनि हिँड्न पाउँदैन । हामीलाई रोक्न अनेक बाधा–व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौँ ।’

अध्यक्ष ओलीले एउटा गम्भीर धक्काबाटै अत्तालिन नहुनेतर्फ पनि पार्टीका नेतादेखि कार्यकर्तासम्मलाई सुझाव दिनुभयो । गत निर्वाचनमा पार्टीले अहिले एउटा गम्भीर धक्का सहनुपरेको अध्यक्ष ओलीको भनाई थियो । यस्तै उहाँले असहज अवस्थामा संघर्षको नेतृत्व गर्ने कुरा त्यत्ति सहज नभएको भन्दै कायरहरु बिरोधीसँग लडन नसक्ने आत्मसमर्पण गर्न अनेकन उपाय लगाउने गरेको इतिहास सुनाउनु भयो ।

ओलीले भन्नुभयो, ‘माओत्सेतुङको एउटा भनाइ छ, जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ । कायरहरूले घोडाबाट बादशाहलाई झार्न सक्दैनन । हिम्मतिलाहरूले मात्रै सङ्घर्ष अगाडि बढाउन सक्छन । हिम्मत भनेको सजिला बेलामा त जसले पनि देखाउँछ । अप्ठ्यारो परिस्थिति आयो भने खुट्टा हेर्नुपर्छ, कामेको छ कि छैन त्यतिबेला थाहा हुन्छ ।’

यस्तै उहाँले एमाले कार्यकर्ता पङ्क्तिको निम्ति एउटा परीक्षाको घडी जस्तै अवस्था आएको र आँट गर्न भन्दै आफूहरू उठेरै छाडने प्रष्ट पार्नुभयो । जतिसुकै ठूलो धक्का खाएपनि आफूहरु उठेरै छाडने ओलीको अठोट थियो ।