काठमाडौं, असार २१। बालेन शाह नेतृत्वको सरकारको सय दिन पूरा हुने अन्तिम १५ दिनमा नै १ सय ४६ जना सरकारी कर्मचारीले राजीनामा दिएका छन । असार महिना लागेपछि १४६ निजामती कर्मचारीले राजीनामा दिएका हुन ।
राष्ट्रिय किताबखाना (निजामती) कोे तथ्यांकअनुसार राजीनामा दिनेको सङ्ख्या यस अवधिमा अनिवार्य अवकाशमा जानेभन्दा बढी हो । किताबखानाका अनुसार व्यक्तिगत तथा अन्य कारणले राजीनामा दिनेको सङ्ख्या बढेसँगै ‘ई–पेन्सन’ सेवाका लागि आवेदन दिनेको चाप पनि बढेको छ ।
चालु असार महिनाको १ गतेदेखि १९ गतेसम्मको १५ कार्यदिनमा १४६ जनाले राजीनामा दिएको र देशभरबाट १४२ जना कर्मचारी अनिवार्य अवकाशमा गएको कितावखानाका महानिर्देशक श्रवण पोखरेलले जानकारी दिनुभयो ।
महानिर्देशक पोखरेलका अनुसार राजीनामा दिनेमा सहसचिवदेखि सहायक स्तरसम्मका कर्मचारीसम्म रहेका छन । यो अवधिमा राजीनामा दिनेमा ५ सहसचिव, ३३ उपसचिव २९ शाखा अधिकृत र ७९ सहायक स्तरका कर्मचारी छन् ।
राजीनामा पत्र बुझाएका कर्मचारीले पेन्सनका लागि आवेदन दिइसकेका छन । राजीनामा दिनेको सङ्ख्या बढेसँगै पेन्सन व्यवस्थापनका लागि किताब खानालाई थप प्राविधिक र प्रशासनिक दबाबसमेत परेको छ ।













प्रतिक्रिया दिनुहोस्