काठमाडौं, असार २६ । प्रचण्ड र माधवकुमा नेपाल नेतृत्वको नेकपाको औचित्य सकिएको निश्कर्षसहित ६ जना नेताहरू नेकपा एमाले प्रवेश गरेका छन । नेकपाका पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्यहरूलाई बिहीवार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
एमाले प्रवेश गर्ने नेकपाका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम बैतडी लगायत हुनुहुन्छ। उहाँहरूको साथमा टीम नै एमाले प्रवेश गरेको छ । प्रचण्ड र माधवले आफ्ना लागि मात्रै पार्टी चलाएको निश्कर्षमा पुगेपछि एमालेमा प्रवेश गरेको नवप्रवेसी नेताले बताएका छन ।














प्रतिक्रिया दिनुहोस्