काठमाडौं, असार २७ । सुकुम्बासीले आश्रय लिइरहेको कीर्तिपुरको होल्डिङ सेन्टर डुवानमा परेको छ । शनिबार बिहानसम्म होल्डिङ सेन्टर पुरै जलमग्न रहेको छ।
शुक्रबार बेलुकीदेखिको अविरल वर्षापछि बागमतीको बहाब बढेर मध्यरातमा होल्डिङ सेन्टरमा बाढी पसेको थियो। बाढी पसेपछि होल्डिङ सेन्टरमा कोलाहल मच्चिएको थियो। अपर्झट बिपत आइपरेपछि सुकुम्बासीहरूले नै एक अर्काको सामान निकाल्ने प्रयत्न गरेका थिए।
राति झन्डै २ बज्न लाग्दा मात्रै सुरक्षाकर्मी होल्डिङ सेन्टरमा पुगेर उद्धार गरेको थियो। प्रहरीले केही सुकुम्बासीलाई त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा लगेको छ अन्य भने आफ्नो भिजेका सामान निकालेर रूँगिरहेका छन्। बाढी पसेपछि सुकुम्बासीहरू रातभरि सुत्न पाएनन्। अलि अलि भएका लत्ता कपडा पनि बाढीले डुबाएपछि भिजेको लुगा फेर्न समेत पाएका छैनन्। सबैभन्दा गाह्रो त बालबालिकालाई भएको छ।

रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले बर्षातमा जोगाउने भन्दै उपत्यकाका चार बस्तीमा डोजर चलाएर सुकुम्वासीलाई सुरक्षित बनाउने बताएर हहोल्डिङ सेन्टरमा राखेको थियो । तर डोजर चलाइएको बस्तीभन्दा पहिला बालेन सरकारले राखेको होल्डिङ सेन्टर नै डुवानमा परेको हो ।













प्रतिक्रिया दिनुहोस्