जनता टाइम्स

२९ असार २०८३, सोमबार १०:१५

उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री भण्डारी निर्वाचित


सुनसरी, असार २९ । उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ ।

आइतबार राति सम्पन्न भएको मतगणनाअनुसार भण्डारी निकटतम् प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो । अन्तिम मत परिणामअनुसार भण्डारीले ७ सय ५८ मत प्राप्त गरी जित निकाल्दा काफ्लेले ७ सय ४३ मत प्राप्त गरी उपबिजेतामा चित्त बुझाउनु परेको छ ।

निर्वाचनमा दुई हजार ३ सय ६९ मतदाता रहेकामा एक हजार ५ सय ४३ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित हुनुभएको छ ।

महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन् । उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित हुनुभएको छ ।