काठमाडौं, असार २९ । बालेन सरकारविरुद्द शिक्षहरू पनि आन्दोलित बनेका छन । सरकारको ज्यादती विरुद्द नेपाल शिक्षक महासंघ आन्दोलनको तयारीमा जुटेको हो ।
सरकारले हालै जारी गरेको ‘शिक्षा नियमावली-२०५९’ को दशौं संशोधनले शिक्षक र विद्यालय कर्मचारीलाई बेवास्ता गरेको ठहर गर्दै महासंघ सडकमा ओर्लिन लागेको हो ।
महासंघले विज्ञप्ति जारी गर्दै शिक्षा क्षेत्रमा ठूलो सुधार र सहजताको आशा लिएर बसेका शिक्षक–कर्मचारीहरु संशोधित नियमावलीले निराश भएको बताएको छ ।
नियमावलीले शिक्षक–कर्मचारीको पेशागत ट्रेड युनियनलाई प्रहार गरेको, विद्यालय कर्मचारीको समस्या र पीडालाई उपेक्षा गरेको, विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गरेकोप्रति प्रष्ट असहमति जनाएको छ ।
त्यस्तै, सरुवामा तीन वर्षे प्रावधान तोकिएकोप्रति पनि महासंघको गम्भीर आपत्ति छ । स्थायित्व र पेशागत सुरक्षाबारे नियमावली मौन रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,‘यस संशोधनबाट सरकारले आम शिक्षक कर्मचारीको समस्यामा राज्यबाट न्याय हुन्छ भन्ने विश्वास भत्काउँदै शिक्षक–कर्मचारीलाई नयाँ शिराबाट कडा आन्दोलन गर्न बाध्य तुल्याएको छ ।’













प्रतिक्रिया दिनुहोस्