जनता टाइम्स

१५ श्रावण २०८३, शुक्रबार ०८:०२

घाइते भेट्न अस्पताल पुगेका गृहमन्त्री गुरुङविरुद्ध नाराबाजी


काठमाडौं,  साउन १५ ।  सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएकाहरूलाई भेट्न विराटनगरस्थित न्युरो अस्पताल पुगेका गृहमन्त्री सुदन गुरुङविरुद्ध युवाहरूले नाराबाजी गरेका छन् ।

गृहमन्त्री अस्पतालभित्र प्रवेश गरेपछि बाहिर रहेका युवाहरूले राजीनामा माग्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘मान्छे मार्न पाइँदैन’, ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागी युवाहरूले आफूहरू जनजी आन्दोलनका क्रममा घाइते हुँदा गृहमन्त्री गुरुङले साथ दिएको भए पनि अहिले युवाहरूको आवाज नसुनेको आरोप लगाउँदै असन्तुष्टि जनाएका छन् ।