काठमाडौं, साउन १५ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई दूरसञ्चारसम्बन्धी कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति ललितपुरको धापाखेलबाट उहाँलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिनुभयो।
प्रवक्ता जबराका अनुसार भण्डारीलाई आजै म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्