काठमाडौं, साउन १५ । धनुषाको सबैला नगरपालिका–१२, नहरचोकस्थित मन्दिर परिसरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। राति राति अन्दाजी ४० वर्षीय बन्थु राउत कडेरीको शव मन्दिर परिसरमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार मृतक कडेरी बाहिर कामकाज गर्ने तथा रातको समयमा मन्दिर परिसरमा सुत्ने गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ कुकुरसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा परिचालन गरिएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा घटना आपराधिक मनसायबाट भएको देखिएको प्रहरीको निष्कर्ष छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई धार्मिक विवादसँग नजोड्न सबैमा आग्रह गर्नुभएको छ।
प्रहरीले घटनामा संलग्न जो–सुकै भए पनि पहिचान गरी कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्