सप्तरी, साउन १५ । सप्तरीको राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कर्फ्यु क्षेत्रको पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गअन्तर्गत जमुनी–थलही, उत्तरमा रुपनी रोडको बसविट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्र समेटिएको छ ।
यसअघि बोदेबरसाइन नगरपालिकामा बिहीबार राति १० बजेदेखि नै अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो । त्यहाँ कर्फ्यु कार्यान्वयनका लागि नेपाली सेनासमेत परिचालन गरिएको छ ।
कर्फ्यु आदेश उल्लङ्घन गर्ने वा गराउनेमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सप्तरीमा प्रदर्शन भएपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको प्रशासनले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्