काठमाडौं, मंसिर ४ । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय ६६ वर्षीया छेनेन तामाङ रहेकी छन् । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति करिब २ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ४ सय मिटर तल खसेको थियो ।
दुर्घटनाका बेला गाडीमा १० जना सवार थिए । घाइते नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।













प्रतिक्रिया दिनुहोस्