काठमाडौं, मंसिर ४ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहलाई उपलब्ध गराउने बजेट कटौती र विपद्पछिको पुनर्निर्माणमा भइरहेको ढिलाइबारे सरकारलाई खबरदारी गर्न जनप्रतिनिधिहरूलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार च्यासलमा आयोजित एमाले राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अघिल्लो र वर्तमान सरकारले स्थानीय तहलाई उपलब्ध गराउने बजेटको तुलना गरी त्यसमा भएको कटौतीबारे जनतालाई जानकारी गराउन आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तहमा सञ्चालित विकास निर्माणका आयोजना तथा विपद्पछिको पुनर्निर्माणमा सरकारले गरिरहेको ढिलासुस्ती र लापरबाहीविरुद्ध दबाब सिर्जना गर्न पनि निर्देशन दिनुभयो ।
यसका लागि गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिका महासंघहरूको भेला आयोजना गरी सरकारको ध्यानाकर्षण गराउन उहाँले सुझाव दिनुभयो ।
महासचिव पोखरेलले नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्दै समानान्तर रूपमा आगामी निर्वाचनको तयारीमा जुट्न पनि जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्