काठमाडौं, मंसिर ४ । आफूहरू सादा पोशाकका प्रहरी भएको भन्दै धाकधम्की दिने दुई युवक पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित गोल्डेन आई डान्स बारमा गएर विवाद तथा धाकधम्की दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–८ घर भई भक्तपुर बस्दै आएका २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन् ।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ ।













प्रतिक्रिया दिनुहोस्