जनता टाइम्स

४ मंसिर २०८३, शुक्रबार २१:०३

आफैँलाई गोली हानेका प्रहरी हवल्दारको मृत्यु


काठमाडौं, मंसिर ४ । काठमाडौंको टोखामा आफैँलाई गोली प्रहार गरेका प्रहरी हवल्दार डोलनाथ ढकालको मृत्यु भएको छ ।

ढकालले बिहीबार राति आफ्नै कोठामा आफैँमाथि गोली प्रहार गर्नुभएको थियो । गोली लागेर गम्भीर घाइते हुनुभएका उहाँलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका अंगरक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो ।